६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

९० दिनमा रिजल्ट देखाउन रवि लामिछानेको गृह मातहतलाई कडा निर्देशन

नागरिक पोष्ट

सोमबार, ५ चैत्र २०८०

11306 views

11306 views

९० दिनमा रिजल्ट देखाउन रवि लामिछानेको गृह मातहतलाई कडा निर्देशन

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले जनताले अनुभूति गर्ने र सबैले देख्ने गरी काम गर्न निर्देशन दिएका छन् । मन्त्रालयअन्तर्गतका सुरक्षा अधिकारीहरूलाई बिहीबार एकैसाथ भर्चुअल संवादमार्फत् गृहमन्त्री लामिछानेले विशेष गरी अपराध नियन्त्रण, भ्रष्टाचार नियन्त्रण, दण्डहिनताको अन्त्य र फरार अपराधी पक्राउ गर्ने काममा रिजल्ट देखिने गरी काम गर्न निर्देशन दिएका छन् ।

मन्त्री लामिछानेले ९० दिनमा मन्त्रालयका हरेक सूचकहरूमाथि माथि उठाउन निर्देशन दिएका छन् । ‘अबको ९० दिनमा गृह मन्त्रालयका हरेक सूचक माथि जानुपर्छ । गएन भने गम्भीर समीक्षा हुन्छ । र, काममा आलटाल गर्ने, निर्देशनको पालना र लक्ष्य पूरा नगर्नेको मूल्यांकन हुन्छ,’ उनले भनेका छन् ।

मन्त्री लामिछानेले गृह मन्त्रालयले काम गर्न सक्यो भने नागरिकले सरकार छ भनेर अनुभूति गर्ने भएकाले पनि मातहतका निकायले जिम्मेवार भएर काम गर्न निर्देशन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?