६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

वुमन्स प्रिमियर लिगको उपाधि बैंग्लोरलाई

नागरिक पोष्ट

सोमबार, ५ चैत्र २०८०

7634 views

7634 views

वुमन्स प्रिमियर लिगको उपाधि बैंग्लोरलाई

काठमाडौँ । भारतमा भएको वुमन्स प्रिमियर लिगको उपाधि रोयल च्यालेन्जर्स बैंग्लोरले जितेको छ । आइतबार राति भएको फाइनलमा दिल्ली क्यापिटल्सलाई ८ विकेटले पराजित गर्दै बैंग्लोरले उपाधि जितेको हो ।

समूह चरणमा शीर्ष स्थानमा रहेर फाइनल पुगेको दिल्ली भने फाइनल खेलमा उपाधि लिनबाट चुक्न पुग्यो । वुमन्स लिगमा सधैँ बैंग्लोरमाथि हाबी भएको दिल्लीले फाइनलमा भने मौका गुमाएको हो । यसअघि पाँच पटक आमने सामने हुँदा दिल्ली चार पटक विजयी भएको थियो । 
उपाधि विजेता बैंग्लोरले ६ करोड भारतीय रुपैयाँ पुरस्कार पाउँदा दिल्लीले ३ करोडमा चित्त बुझाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?