सोमबार, ५ चैत्र २०८०
15777 views
15777 views
काठमाडौ( भागवत कथा बाचक आचार्य श्री शीतलकृष्णजी महाराजले आफूमाथि अन्याय गरेको भन्दै श्रीमती सुकृति पौडेल भुसालले काठमाडौंमा पत्रकार सम्मेलन गरेकी छिन् ।
रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै उनले आफूलाई पतिले पटक–पटक हिंसा गरेको आरोप लगाएकी हुन् ।
सातजुनीसम्म सँगै बिताउने कसम खाएर बिहे गरेकी श्रीमतीलाई मन लागुञ्जेल भोग गरेपछि बीचैमा छाडेर भाग्नु हिन्दु परम्पराविपरीत भएको पत्नी सुकृतिको गुनासो छ ।
कथित धर्मगुरु भनेर चिनिने प्रसिद्ध कथावाचक शीतलकृष्ण महाराज भुसालले आफ्नो जीवनमाथि खेलबाड गरेको र जबरजस्ती डिभोर्सका लागि दबाब दिएको उनले बताइन् ।