६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

बुढासुब्बा गोल्डकपको उपाधि एनआरटीले जित्यो

नागरिक पोष्ट

शनिबार, ३ चैत्र २०८०

7345 views

7345 views

बुढासुब्बा गोल्डकपको उपाधि एनआरटीले जित्यो

काठमाण्डौ — बुढासुब्बा गोल्डकप फुटबलको २४ औं संस्करणको उपाधि न्युरोड टिम एनआरटीले जितेको छ । धरान रङ्गशालामा भएको खेलमा मोरङ फुटबल क्लबलाई २–१ गोलले हराउँदै एनआरटी च्याम्पियन बनेको हो ।

एनआरटी दोस्रोपटक र मोरङ फुटबल क्लब पहिलोपटक फाइनलमा पुगेको थियो । यसअघि दशौँ संस्करणको उपाधि पनि एनआरटीले जितेको थियो ।

उपाधि विजेता एनआरटीले १० लाख रुपैयाँ र उपविजेता मोरङले पाँच लाख रुपैयाँ पुरस्कार पाएको छ ।  प्रतियोगितामा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज क्लबसहित आठ टिमको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?