शनिबार, ३ चैत्र २०८०
8144 views
8144 views
काठमाडौं, ३ चैत । नेपाल आयल निगम लिमिटेडले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । निगमले शुक्रबार सूचना जारी गर्दै मूल्य घटेको जानकारी गराएको हो ।
पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर दुई रुपैयाँ घटाइएको छ । इन्डियन आयल कर्पोरेसनले शुक्रबार पेट्रोलको मूल्य १ दशमलव २२ र डिजेलको मूल्य २ दशमलव ०६ रुपैयाँले घटाएर नयाँ सूची पठाएको थियो ।
आइतबारदेखि पेट्रोलको मूल्य प्रतिलिटर १७१ र डिजेल तथा मट्टीतेलको १५८ रुपैयाँ पर्ने निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।