६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

यो साता सुनको मुल्यमा नयाँ रेकर्ड कायम

नागरिक पोष्ट

शनिबार, ३ चैत्र २०८०

5033 views

5033 views

यो साता सुनको मुल्यमा नयाँ रेकर्ड कायम

काठमाडौं, ३ चैत । यो साता सुनको मुल्यले नयाँ रेकर्ड कायम गरेको छ । साताको सुरुको तीन दिन सम्म उच्च रेकर्डमा रहेको सुल्य चौथो दिन देखि भने क्रमशः ओरालो लाग्यो । अमेरिकी डलर मजवुत बन्दै गएकोले त्यसको प्रभाव सुनको मुल्यमा परेकोले साताको पछिल्ला दिनमा भने मुल्यमा कमी आएको बिश्लेषकहरुले बताएका छन् ।

नेपाली बजारमा पनि यो साता सुनको मुल्यमा कमी आएको छ । साताको पहिलो दिन आइतबार प्रति तोला १ लाख २६ हजार कायभ रहेको सुनको मूल्य चार दिनसम्म क्रमशः घटेर पाँचौं दिन बिहिबार सामान्य बढेपछि साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार फेरी घटेर १ लाख २५ हजार ४०० रुपैयाँ कायम भयो ।

यो साता नेपाली बजारमा चाँदीको मुल्य भने सामान्य बढेको छ । साताको पहिलो दिन आइतबार प्रतितोला १ हजार ४७५ रुपैयाँ रहेको चाँदीको मुल्य साताको अन्तिम कारोबार भएको दिन शुक्रबार प्रतितोला १ हजार ५१५ रुपैयाँ कायम भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?