६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

योजना आयोगका चार सदस्यले दिए राजीनामा

नागरिक पोष्ट

शुक्रबार, २ चैत्र २०८०

5016 views

5016 views

योजना आयोगका चार सदस्यले दिए राजीनामा

काठमाडौं । राष्ट्रिय योजना आयोगका ४ जना सदस्यले राजीनामा दिएका छन् ।

आयोगका सदस्यहरु डा। प्रभु बुढाथोकी, डा। आरपी विच्छा, डा। अनिता शाह ढुंगाना र डा। जयकान्त राउतले छुट्टाछुट्टै राजीनामा दिएका हुन् ।

सत्ता गठबन्धनमा फेरबदल भएसँगै उनीहरुले राजीनामा दिएका हुन् । डा। विच्छा, डा। बुढाथोकी र डा। ढुंगाना कांग्रेस निकट हुन् भने डा। राउत राष्ट्रिय जनमत पार्टी निकट हुन् । राउत जनमतका अध्यक्ष डा। सीके राउतका दाइ हुन् ।


अब रिक्त सदस्यमा नेकपा एमाले र रास्वपा सहभागी हुने बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?