६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

तारकेश्वर(९) मा  कवाडी गोदाम हटाउन दियो ३५ दिने सुचना

नागरिक पोष्ट

बिहीबार, १ चैत्र २०८०

13822 views

13822 views

तारकेश्वर(९)  मा  कवाडी गोदाम हटाउन दियो ३५ दिने सुचना

काठमाडौं । तारकेश्वर नगरपालिका वडा नं. ९ ले काठमाडौं महानगरपालिकाको राम्रो कार्यको अनुशरण  गर्दै वडाभित्र कबाडी गोदाम नराख्न तथा भण्डारण र ओसारपसार गर्न नदिने भएको छ । बासुकी नाग टोलबासिको अनुरोधलाई ध्यानमा राखेर र वडालाईनै एक सुन्दर र शान्त बनाउने उद्येश्यको साथ यो कार्य अगाडी सारिएको सदस्य अधिकारी बताउछन् । अधिकारीको विशेष पहलमा वडाले एक सूचना समेत जारी गर्दै ३५ दिनभित्र वडाभित्र भएका कबाडी भण्डारहरु खाली गरेर अन्यत्र सार्न अनुरोध गरिएको छ ।


कवाडी जन्य सामानहरू संकलन, भण्डारण तथा ओसारपसार गर्ने जस्ता क्रियाकलापहरूले वडाबासीलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा नकारात्मक असर पारेको हुँदा त्यसलाई हटाउन सुचना जारी गरिएको तारकेश्वर(९ ) का वडा सदस्य  उज्ज्वल अधिकारीले बताए ।

तारकेश्वर नगरपालिका  न्यायिक समिति सदस्य समेत रहेका अधिकारीको बिशेष पहलमा  एक सूचना जारी गर्दै ३५ दिनभित्र  आफ्नो व्यवसाय स्थानान्तरण गर्न कवाडी व्यावसायीलाई आग्रह गरिएको छ ।

वडाभित्र भएका कबाडी भण्डारहरु खाली गरेर अन्यत्र सार्न अनुरोध गरिएको तारकेश्वर(९) का वडा सदस्य एवं मनमैजु महिला विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अधिकारीले बताए । साथै कबाडी संकलन गर्न समेत वडाले प्रतिबन्ध गरेको  उनले जानकारी दिए ।  

तारकेश्वर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष  श्याम कृष्ण महर्जनद्वारा हस्ताक्षरित सुचनामा कबाडी संकलन गर्नेहरुबाट वडाबासीमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा नकारात्मक असर परेकाले स्थायी वा अस्थायी रुपमा सञ्चालन गरेका कबाडी व्यवसायीलाई खाली गराउन अनुरोध गरिएको छ ।

३५ दिनभित्र खाली नगरि अटेर गरे वडाले भत्काउने र भत्काउँदा लाग्ने खर्च र क्षतिपुर्ति समेत स्वयं जग्गाधनी र कवाडी व्यवसायी हुनुपर्ने सुचनामा उल्लेख छ ।

सुचना हेर्नुहोस् :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?