६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

८ महिनामा सरकारले उठायो ६ खर्ब ३९ अर्ब राजस्व

नागरिक पोष्ट

बिहीबार, १ चैत्र २०८०

7685 views

7685 views

८ महिनामा सरकारले उठायो ६ खर्ब ३९ अर्ब राजस्व

काठमाडौं, १ चैत । चालु आर्थिक वर्षको ८ महिनामा ४४।९२ प्रतिशत राजस्व संकलन भएको छ । महालेखा नियन्त्रकको कार्यालयको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८० साउनदेखि फागुनसम्म  सरकारी खातामा ६ खर्ब ३९ अर्ब राजस्व जम्मा भएको छ ।

सरकारले चालु आर्थिक वर्षको ८ महिनामा कर राजस्वबाट ५ खर्ब ७८ अर्ब, गैर कर राजस्वबाट ६० अर्ब ३७ करोड, अनुदानबाट २ अर्ब ७५ करोड र अन्यबाट २२ अर्ब २ करोड उक्त राजस्व संकलन गरेको हो ।

गत आर्थिक वर्षको ८ महिनामा सरकारले ४१।५३ प्रतिशत अर्थात ५ खर्ब ८२ अर्ब राजस्व संकलन भएको थियो ।

गत वर्षको ८ महिनाको तुलनामा यो वर्ष राजस्व संकलनमा झिनो सुधार देखिएको छ । फागुन मसान्तसम्म गत वर्ष भन्दा ३।३९ प्रतिशत बढी राजस्व संकलन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?