६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

चन्द्रागिरिका चार वडा ‘बालश्रम मुक्त वडा’ घोषणा

नागरिक पोष्ट

बिहीबार, १ चैत्र २०८०

5203 views

5203 views

चन्द्रागिरिका चार वडा ‘बालश्रम मुक्त वडा’ घोषणा

काठमाडौँ ।  चन्द्रागिरि नगरपालिकाका विभिन्न चारवटा वडालाई ‘बाल बालश्रम मुक्त वडा’ घोषणा गरिएका छन्  ।  बालबालिकालाई श्रममा प्रयोग नगरौँ, बालश्रममुक्त समाजको निर्माण गरौँ’ भन्ने ध्येयका साथ नगरको १५ वडामध्ये बुधबारसम्म वडा नं ३ थानकोट, वडा नं ५ किसिपिडि, वडा नं ८ मातातीर्थ र वडा नं १४ नयाँ नैकापलाई बालश्रम मुक्त वडा घोषणा गरिएको छ ।

बालमैत्री नगर निर्माणमा अघि बढिरहेको नगरपालिकाले निकट भविष्यमा अन्य दुई वडालाई पनि घोषणा गर्ने तयारी गरेको जनाइएको छ । नगरपालिकाले बालश्रम मुक्त स्थानीय तह घोषणा कार्यविधि २०७७ अनुसार बालश्रम मुक्त वडा घोषणा कार्यक्रमलाई उच्च प्राथमिकता दिँदै आएको छ ।


चन्द्रागिरि –५ किसिपिडिलाई बुधबार आयोजित कार्यक्रममा बालश्रम मुक्त घोषणा गरिएको छ । उक्त वडामा रहेका पाँच जना बालबालिकामध्ये चार जनालाई परिवारमा मिलान गराइएको र एक जनालाई श्रममुक्त बनाएर घोषणा गरिएको वडाध्यक्ष राजेन्द्र महर्जनले जानकारी दिए ।  सो अवसरमा नगर प्रमुख घनश्याम गिरीले बालमैत्री नगर घोषणाका लागि प्रारम्भिक चरणमा विभिन्न सूचक पूरा गरी वडालाई बालश्रम मुक्त बनाउँदै लगिएको जानकारी दिए ।

उनका अनुसार आगामी २०८१ सालको चैतसम्ममा नगरका सबै वडा बालश्रम मुक्त वडा घोषणा भइसक्ने छ । यो नेपालकै बालश्रम मुक्त स्थानीय तहको सातौँ नम्बरमा चन्द्रागिरि आउने छ ।


अहिलेसम्म ६  स्थानीय तह बालश्रम मुक्त भइसकेको छन् । बालश्रम मुक्त बनाउन बाल विकास समाज र वर्ल्ड भिजन इन्टरनेसनल नेपालले सचेतनामूलक कार्यक्रम तथा तालिम प्रदान गरिरहेको समाजका सिनियर फिल्ड अधिकृत दीपेन्द्र पराजुलीले जानकारी दिए ।

बालश्रम मुक्त बनाउनका लागि विभिन्न २० सूचक पार गर्नुपर्छ । यस्तै बालमैत्री बनाउनका लागि विभिन्न ५१ सूचक पूरा गर्नुपर्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?