६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

राष्ट्र बैंकद्वारा मौद्रिक नीति सल्लाहकार समिति गठन

नागरिक पोष्ट

बिहीबार, १ चैत्र २०८०

6835 views

6835 views

राष्ट्र बैंकद्वारा मौद्रिक नीति सल्लाहकार समिति गठन

काठमाडौं । राष्ट्र बैंकले मौद्रिक नीतिबारे सुझाव दिन पाँच सदस्यीय सल्लाहकार समिति गठन गरेको छ।

चालु आर्थिक वर्ष २०८०र८१ को मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले मौद्रिक नीतिको कार्यदिशा, संरचना, लक्ष्य र उपकरणका सम्बन्धमा सुझाव दिन बाह्य विज्ञहरू सम्मिलित मौद्रिक नीति सल्लाहकार समिति गठन गर्ने जनाएको थियो।

सोही अनुसार समिति गठन गरिएको हो। उक्त समितिमा नेपाल राष्ट्र बैंकका तीन जना र बाहिरका दुई जना विज्ञ सल्लाहकार रहेका छन् ।

समितिमा अर्थविद्‌ मनिकलाल श्रेष्ठ र केन्द्रीय तथ्यांक कार्यालयका प्रमुख तथ्यांक अधिकारी तोयम राय रहेका छन्‌।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?