६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

सार्वभौम र राष्ट्रिय सुरक्षामा प्रभाव पारिरहेको छ-प्रधान सेनापति

नागरिक पोष्ट

बुधबार, ३० फाल्गुन २०८०

9504 views

9504 views

सार्वभौम र  राष्ट्रिय सुरक्षामा प्रभाव पारिरहेको छ-प्रधान सेनापति

काठमाडौँ । प्रधान सेनापति प्रभुराम शर्माले आन्तरिक रूपमा बढ्दै गइरहेको धार्मिक र साम्प्रदायिकका गतिविधिहरूले राष्ट्रिय सुरक्षामा प्रभाव पारिरहेको बताएका छन् । उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिमको उद्घाटन गर्दै प्रधान सेनापति शर्माले यस्तो बताएका हुन् । 
शर्माले अन्तर्राष्ट्रिय मञ्चमा हाल भइरहेको द्वन्द्व एवं युद्धका घटनाहरूले शक्ति राष्ट्रहरू बीचको ध्रुवीकरण बढ्दै जानुका साथै विश्वमा नयाँ शीतयुद्धको थालनी हुन लागेको आभास गइरहेको पनि प्रस्ट पारे । उनले विश्वका शक्ति राष्ट्रहरू बीचको प्रत्यक्षरपरोक्ष टकराव, बदलिँदो राजनीतिक परिस्थिति र शक्ति केन्द्रको रूपमा स्थापित हुने होडबाजीले भौगोलिक एवं आर्थिक रूपमा साना मुलुकलाई आफ्नो अस्तित्वलाई अक्षुण्ण राख्न चुनौती थपिएको कुरा उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?