६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

हिमालयन बैंककाे गोंगबु शाखा हात्तीगौंडा बुढानीलकण्ठ नगरपालिका ८ बाट बैंकिङ सेवा सञ्चालन

नागरिक पोष्ट

मंगलवार, २९ फाल्गुन २०८०

11068 views

11068 views

हिमालयन बैंककाे गोंगबु शाखा हात्तीगौंडा बुढानीलकण्ठ नगरपालिका ८ बाट  बैंकिङ सेवा सञ्चालन

काठमाडौं– हिमालयन बैंक लिमिटेडले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् नजिक भएको शाखा सञ्जालहरू मध्ये गोंगबु शाखालाई स्थानान्तरण गरी हात्तीगौंडा बुढानीलकण्ठ नगरपालिका - ८ बाट विभिन्न बैंकिङ सेवा विस्तार गरेको छ ।

बैंकको उक्त शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणाले अन्य कर्मचारीहरूको उपस्थितिमा गरेका थिए । यसै गरी बैंकको कावासोती शाखा–२ लाई पनि गोछडा, वडा नं। १७ नवलपुरमा स्थानान्तरण गरी सेवा सुचारु गरेको छ ।

हाल बैंकले नेपालभरि फैलिएका १७४ कूल शाखा संख्या, २० विस्तारित काउन्टर, २६४ एटिएम, ६,५०० भन्दा बढी पोस टर्मिनलहरू र १७,००० भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरूबाट विभिन्न बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?