६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

इस्लाम धर्मावलम्बीको महान् पर्व रमजान मुबारक शुरु

नागरिक पोष्ट

मंगलवार, २९ फाल्गुन २०८०

9368 views

9368 views

इस्लाम धर्मावलम्बीको महान् पर्व रमजान मुबारक शुरु

काठमाण्डौ — इस्लाम धर्मावलम्बीको महान् पर्व रमजान मुबारक महिना शुरु भएको छ । एक महिनासम्म चल्ने यस पर्वमा मुसलमानहरू दिनभर निराहार बस्छन् । सूर्योदय हुनुअघि अर्थात् बिहानको नमाज पढ्नुअघि केही खानेकुरा खाई प्रारम्भ हुने रोजा बेलुकाको नमाज ९मगरिब० को आजान सुनेर खोल्ने चलन छ । निराहार बस्नुलाई रोजा भनिन्छ ।

रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने तालिका पनि परिवर्तन भइरहन्छ । रोजा बस्न बिहान तोकिएको समयअघि नै र बेलुका तोकिएको समयपछि आहार लिइन्छ । उर्दू पात्रोअनुसार हिजरी सम्बत्को रमजान नवौँ महिना हो ।

रमजानमै मुसलमानहरूको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यस महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिइन्छ । दान गर्नु, गरिब र दीन दुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?