६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

भारत १६ वर्षमुनिको महिला साफ च्याम्पियनसिपको फाइनलमा

नागरिक पोष्ट

बिहीबार, २४ फाल्गुन २०८०

6614 views

6614 views

भारत १६ वर्षमुनिको महिला साफ च्याम्पियनसिपको फाइनलमा

काठमाण्डौ – नेपाललाई १० गोलले हराउँदै भारत १६ वर्षमुनिको महिला साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा नेपालले पहिलो हाफमा ६ र दोस्रो हाफमा ४ गोल खायो । फाइनलमा पुग्न दुवै टोलीलाई आजको खेल जित्नैपर्ने थियो । जितसँगै भारतको तीन खेलमा ६ अङ्क भएको छ ।

भारतले पहिलो खेलमा भुटानलाई ७ गोलले हराएको थियो भने दोस्रो खेलमा बंगलादेशसँग ३–१ ले पराजित भएको थियो । नेपाल पहिलो खेलमा बंगलादेशसँग २ गोलले पराजित भएको थियो भने दोस्रो खेलमा भुटानलाई ३ गोलले हराएको थियो ।

बंगलादेश दुई खेलमा ६ अङ्कसहित फाइनलमा पुगिसकेको छ । भोलि बंगलादेशले राउण्ड रोबिन चरणको अन्तिम खेलमा भुटानसँग खेल्नेछ । भुटान अङ्कविहीन हुँदै बाहिरीसकेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?