६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

पशुपतिमा शिवरात्रीको दिन गाडीहरु डाइभर्सन हुने

नागरिक पोष्ट

बिहीबार, २४ फाल्गुन २०८०

12955 views

12955 views

पशुपतिमा शिवरात्रीको दिन गाडीहरु डाइभर्सन हुने

काठमाडौँ । महाशिवरात्री पर्वको अवसरमा गौशालास्थित पाशुपत क्षेत्र आसपास आज बिहीबार रातिदेखि नै दर्शनार्थीहरूको भिडभाड हुने भएकाले सवारी  साधनलाई डाइभर्सन गरिने भएको छ ।

गौशाला क्षेत्रतर्फ जाने सवारी साधनलाई चावहिल, पुरानो(बानेश्‍वर, ज्ञानेश्‍वर, मैतीदेवीमोड, रातोपुल, सेतोपुल, कालोपुल, सिफलचौर, कुटुवहाल, गौरीघाट र तिलगंगाबाट आवश्यकता अनुसार डाइभर्सन गरिने ट्राफिक प्रहरीले जनाएको छ ।
त्यसैगरी मालवाहक सवारी साधनहरूलाई तीनकुने, जोरपाटी नारायणटार, चुच्चेपाटी, चावहिल, सिनामंगलपुल र बसुन्धाराबाटै डाइभर्सन गरिने छ  ।

गौशाला क्षेत्रमा शिवरात्रीका दिन शुक्रबार गरिने सवारी व्यवस्थापनमा थप सहयोगी भूमिका निर्वाह गर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?