६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

११४ औ श्रमिक महिला दिवस बिबिध कार्यक्रम सहित मनाइदै

नागरिक पोष्ट

बिहीबार, २४ फाल्गुन २०८०

10048 views

10048 views

११४ औ श्रमिक महिला दिवस बिबिध कार्यक्रम सहित मनाइदै

काठमाडौ   । १ सय १४ औं अन्तर्राष्ट्रिय श्रमिक नारी दिवस विश्वभर विविध कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । यो दिवसलाई श्रमिक महिला दिवस पनि भनिन्छ । सन् १९११ देखि मनाउन थालिएको यो दिवस आज ११४ औँ वर्षमा पुगेको छ ।

यो वर्ष नेपालमा महिलामा लगानी सभ्य र समुन्नत समाजको थालनी भन्ने मूल नाराका साथ यो दिवस मनाइँदै छ । दिवसका अवसरमा सरकारी र गैह्र सरकारी तवरबाट विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।

कार्यक्रम को पुर्व सन्ध्यामा चन्द्रागिरी नगरपालिका को आयोजना र लैङ्गिक हिंसा नियन्त्रण संजाल काठमाडौको सहकार्यमा लैङ्गिक हिंसा विरुद्ध र मानव बेचबिखन विरुद्ध सचेतना कार्यक्रम सोमबार चन्दागिरी नगरपालिकामा सम्पन्न भएको छ ।

उपप्रमुख बसन्ती श्रेष्ठको प्रमुख आतिथ्य सप्पन्न कार्यक्रममा मानव बेचबिखन अनुशन्धान ब्युरो प्रहरी निरीक्षक कृष्णा बस्यालले अपराध को बदलिँदो श्वरुप बारे प्रस्तुति गर्नु भएको थियो ।

त्यसैगरी लैङ्गिक हिंसा विरुद्ध मा पुर्व प्रहरी नायब उपरीक्षक अधिवक्ता राजेन्द्र पोख्रेलले जानकारी दिनु भएको थियो । पुर्व सन्ध्यामा सुरु भएको यस कार्यक्रमको अवसरमा विभिन्न संघ सस्थाका महिला अधिकारकर्मी, नगरपालिकाको महिलाहरु,पत्रकारहरु लगायत सरोकार वालाहरुको उल्लेखनीय उपस्थीत रहेको थियो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?