३१ भाद्र २०८१, सोमबार

ताजा खबर

नेपालमा चिनियाँ पर्यटक बढाउने पहलमा नेपाली पर्यटन व्यवसायीहरु

नागरिक पोष्ट

बुधबार, २३ फाल्गुन २०८०

9283 views

9283 views

नेपालमा चिनियाँ पर्यटक बढाउने पहलमा नेपाली पर्यटन व्यवसायीहरु

काठमाडौं  ।  नेपाल भित्रिने विदेशी पर्यटकको महत्वपूर्ण स्रोत बजारमध्येको चिन पनि एक हो । चिन देशबाट बढी भन्दा बढी पर्यटक नेपाल भित्र्याउने उद्देश्यले पर्यटन व्यवसायीहरू चीनमा भेला भई नेपाल फर्केका छन । नेपाली राजदूतावास,बेइजिङले World Trousim Alliance Beijing को सहकार्यमा नेपाल र चिनियाँ बीचको पर्यटन प्रर्वद्धनको लागी आयोजना गरेको कार्यक्रममा नेपाली पर्यटन व्यवसायीहरु बेइजिङ गएको Nepal Environmental Treks & Expedition P. Ltd का प्रबन्ध निर्देशक नवराज दाहाल बताउँछन् । 

चीनका लागि नेपाली राजदूत विष्णु पुकार श्रेष्ठको निमन्त्रणामा पर्यटन व्यवसायीहरुले चीनको बेइजिङ भ्रमण गरेका हुन् । फेब्रुुअरी २५,२०२४ देखि मार्च १,२०२४ सम्म पर्यटकीय संस्थाहरूबीच बिजनस टु विजनेस B2B बढाउँन उक्त कार्यक्रमको आयोजना गरिएको पर्यटन व्यवसायि दाहाल बताउछन् । चीनियाँ पर्यटकहरुको नेपालप्रति बढ्दो आकर्षण रहेको परिप्रेक्ष्यमा त्यहाँका जनतासामु व्यापक प्रचार प्रसार आवश्यक भएको उनी बताउँछन् ।

 

उक्त कार्यक्रमले चिन देशबाट नेपाल भ्रमणमा आउने पर्यटकको सङ्ख्यामा वृद्धि गर्न सकिने विश्वास दाहाल लगायत पर्यटन व्यवसायिहरुले लिएका छन् । पर्यटन उद्योगको प्रवर्द्धन तथा लगानीकर्ताको आकर्षणको निम्ति पर्यटन व्यवसायीहरूले बेइजिङस्थित चीनका लागि नेपाली राजदूतावासमा चिनियाँ पर्यटन क्षेत्रसँग अन्तरक्रिया कार्यक्रम समेत गरेको पर्यटन व्यवसायी दाहाल बताउछन् ।


कार्यक्रमकोे मुख्य लक्ष्य दुई राष्ट्रहरू बीच पर्यटन प्रवर्द्धन गर्ने, नेपाली तथा चिनियाँ पर्यटन व्यवसायीहरूले पर्यटकीय आदान प्रदानका लागि संभावित क्षेत्रहरूबारे विचार आदान प्रदान गर्ने, आसन्न तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनतर्फ ध्यानाकर्षण गराउने, पर्यटन क्षेत्रका संभाव्यताहरू उजागर गर्ने आदी रहेको पर्यटन व्यवसायि नवराज दाहाल बताउछन् ।


कार्यक्रममा चिन देशका छुट्टाछुट्टै सहरका पर्यटन व्यवसायी, टुर अपरेटर तथा चिनियाँ सरकारी अधिकारी, चिन देशका लागि नेपाली राजदूत र पत्रकारहरुको उपस्थितिमा पर्यटन प्रवर्द्धनात्मक कार्यक्रम तथा ‘बीटुबी’ कार्यक्रम सम्पन्न भएको जानकारी दाहालले गराए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?