७ कार्तिक २०८१, बुधबार

ताजा खबर

बिहिबार सुनकाे मूल्य बढ्दा चाँदी स्थिर

नागरिक पोष्ट

बिहीबार, १७ फाल्गुन २०८०

4965 views

4965 views

बिहिबार सुनकाे मूल्य बढ्दा चाँदी स्थिर

काठमाडाैं, १७ फागुन ।  नेपाली बजारमा बिहिबार सुनकाे मूल्य सामान्य बढेकाे छ ।  बुधबार ताेलामा १०० रूपैयाँले घटेकाे सुनकाे मूल्य बिहिबार ताेलामा २०० रूपैयाँले बढेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन आज ताेलामा १ लाख १८ हजार ४०० र तेजावी सुनकाे मूल्य ताेलामा १ लाख १७ हजार ८५० रूपैयाँ निर्धारण भएकाे छ ।

बुधबार छापावाला सुन प्रतिताेला १ लाख १८ हजार २०० रुपैयाँ र तेजावी सुनकाे मूल्य १ लाख १७ हजार ६५० रूपैयाँमा काराेबार भएकाे थियाे ।

यता चाँदीकाे मूल्य भने आज बुधबार कै मूल्य १ हजार ३७५ रूपैयाँमा स्थिर रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?