बिहीबार, १७ फाल्गुन २०८०
4710 views
4710 views
काठमाडौं । नेपाल–अमेरिका पत्रकार संघ ९नेजा० ले आफ्नो १७औं साधारण सभा मे २५ र २६ मा गर्ने भएको छ । संघका अध्यक्ष सुरज भण्डारीले सभा म्यासाच्युसेट्स राज्यको बोस्टन सहरमा हुने बताएका हुन् ।
बोस्टनमा हुने सभा नेजाका क्षेत्रीय संयोजक (उत्तर–पूर्व) सुपेन्द्र बस्नेतको संयोजकत्वमा गरिने निर्णय गरिएको नेजाका महासचिव बाबुराम दाहालले जानकारी दिएका छन् ।
नेजाले प्रवासमा रहेका नेपाली समुदायका आवश्यकता, समसामयिक विषयवस्तुलाई समेटेर डिजिटल माध्यममार्फत आफ्नो समाचार पत्रिका ९न्युज बुलेटिन० प्रकाशन गर्ने जनाएको छ ।
यस्तै, नेपाली समुदायमा मात्र सीमित रहेको नेजाले उत्तर अमेरिकामा रहेका पत्रकारका संस्थाहरूसँग पनि सहकार्य गर्ने भएको छ । साथै, नेपाल तथा उत्तर अमेरिकामा सक्रिय पत्रकारहरूलाई निर्धारित विषयमा अध्येतावृत्ति ९फेलोसिप० प्रदान गर्ने भएको छ ।
फेलोसिपले स्वदेश तथा विदेशमा रहेर पत्रकारिता गरिरहेकालाई हौसला मिल्नुका साथै अन्तर्राष्ट्रिय स्तरमा परिचित हुन टेवा पुग्ने अध्यक्ष भण्डारीले बताए । साथै, अमेरिकामा रहेका पत्रकारलाई प्रदान गर्दै
आएको ‘नेजा सामुदायिक पत्रकारिता पुरस्कार’लाई पनि निरन्तरता दिने भएको छ । यसै गरी, नेपाली समुदायका कार्यक्रम तथा गतिविधि सञ्चारमाध्यमलाई उपलब्ध गराउने भएको छ ।