७ कार्तिक २०८१, बुधबार

ताजा खबर

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण गर्न ठेक्का आह्वान

नागरिक पोष्ट

बिहीबार, १७ फाल्गुन २०८०

3894 views

3894 views

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण गर्न ठेक्का आह्वान

चितवन  । चितवनको भरतपुर महानगरपालिकाले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण गर्न ठेक्का आह्वान गरेको छ ।

निर्माण अलपत्र परेको रङ्गशालामा पहिलो चरणको काम गर्न महानगरले ठेक्का आह्वान गरेको हो । ठेक्का आह्वानको म्याद एक महिना राखिएको छ ।


महानगर र बागमती प्रदेश सरकारको लागत साझेदारीमा रङ्गशालाको बाँकी काम अगाडि बढाउन लागिएको हो ।

धुर्मुस सुन्तली फाउण्डेशनले जनस्तरबाट सहयोग जुटाएर निर्माण गरिरहेको रङ्गशालाको लागि आर्थिक अभाव भएपछि रङ्गशालाको काम रोकिएको थियो ।

फाउण्डेशनले निर्माण सामाग्रीको करिब १८ करोड रूपैयाँ उधारो रहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?