७ कार्तिक २०८१, बुधबार

ताजा खबर

अरुण भ्याली हाइड्रोपावरको हकप्रद शेयर निष्कासन

नागरिक पोष्ट

बिहीबार, १७ फाल्गुन २०८०

5186 views

5186 views

अरुण भ्याली हाइड्रोपावरको हकप्रद शेयर निष्कासन

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासन तथा विक्री खुला गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको शत प्रतिशत अर्थात् हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयर निष्काशन गरेको हो ।

कम्पनीले १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद शेयर निष्काशन गरेको हो ।

कम्पनीले हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले माघ १५ गते बुकक्लोज गरेको थियो। यस अनुसार माघ १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको हकप्रद शेयरमा चैत ७ गतेसम्म आवेदन दिन सकिनेछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै कम्पनीको केन्द्रिय कार्यालय, मुक्तिनाथ विकास बैंक र ग्लोबल आइएमई बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो शेयर मार्फत आवेदन दिन सकिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?