७ कार्तिक २०८१, बुधबार

ताजा खबर

तालढुङ्गा काभ्रेको समन्वयमा तीन महिने आधारभुत तालिमको उद्घाटन

नागरिक पोष्ट

बुधबार, १६ फाल्गुन २०८०

10473 views

10473 views

तालढुङ्गा काभ्रेको समन्वयमा तीन महिने आधारभुत तालिमको उद्घाटन

काभ्रे । रक्षा नेपालको आयोजना तथा खानेखोला गाउँपालिका तालढुङ्गा काभ्रेको समन्वयमा तीन महिने आधारभुत तालिमको उद्घाटन यहि मिती २०८० फाल्गुन १३ गते भएको छ । तालिमको उद्घाटन खानीखोला गाउँपालिकाको वडा कार्यालय नजिकै भएको हो ।

सिलाई कटाई तालिम खानेखोला गाउँपालिकाका ७ वटै वडाका वडाबासि महिला तथा किशोरी हरूलाई प्रदान गर्न लागेको आयोजक टिमले जानकारी दिएको छ । केही समय अगाडी नै सम्बन्धीत वडाहरुमा फर्म भरेर वडाको सिफारिसमा आएका आमा तथा किशोरीहरुलाई तालिम दिन लागेको संस्थाकी अध्यक्ष मेनुका थापाले जानकारी गराउनुु भयो । त्यती मात्र होईन यस किसिमका तालिमले उनीहरुको मनोबल बढ्ने,आफ्नो लागी थोरै भए पनि आफै केही गर्न सक्ने, अरुमा निर्भर हुन नपर्ने र आत्मा निर्भर भई आफ्नो घरको आर्थिक अवस्था सुधार्न समेत यस तालिमले उनीहरुलाई सहयोग पुुग्ने अध्यक्ष थापाको विश्वास रहेको छ । उद्घाटन समारोहमा बोल्दै थापाले हाल यो तालिम ३ महिनाको हुुने र पछि यसलाई एड्भान्स कोर्स प्रदान गर्ने संस्थाको लक्ष्य रहेको पनि कार्यक्रममा जानकारी गराउनुु भयो । 


त्यसै गरी तालिम उद्घाटन समारोहको प्रमुुख अतिथी खानीखोला गाउँपालिकाको अध्यक्ष ईन्द्र बहादुुर थिङले सिपमुुलक कार्यक्रम आफ्नो गाउँपालिकामा दिन लागेकोमा संस्थालाई धन्यवाद दिदै महिला दिदीबहीनिहरुले सिपमुुलक तालिम लिएर आफै काम गर्न सक्ने र गाउँ समृद्ध बनाउन टेवा मिल्ने बताउनुु भयो । त्यस्तै उहाँले रक्षा नेपालाई मौरी को संज्ञा दिनुभएको थियो । झिगांको पछि लाग्दा फोहोरमा पुग्ने र मौरी को पछि लाग्दा महमा पुग्ने भएकोले सिङ्गोे गाउँनै मौरीको पछि लागेकोले महमा पुग्ने अर्थात एक दिन खानीखोला गाउँपालिकाले आफ्नो मुहार फेर्ने कुरामा उनी बिस्वस्त छन् । त्यती मात्र होईन यो गाउँपालिकामा यस्तो खालको कुनै पनि संस्थाले काम नगरेको काठमाण्डौँबाट नजिकै भएता पनि यो गाउँपालिका बत्ति मुनीको उज्यालोमा रहेको बताउँदै यस गाउँका सातवटै वडाका महिला तथा किशोरीहरूलाई मध्यनजर गरि निशुल्क सिलाई तालिमको आयोजना गरेकोमा रक्षा नेपाललाई आभार प्रकट गर्नु भयो । साथै कुुनै पनि गाउँ विकास तथा आम महीला तथा किशोरीहरुको बृद्धी ,विकास र समृद्धको लागी गाउँपालिका रक्षा नेपालसँग सहकार्य गरेर अगाडी बढ्न तयार रहेको पनि उहाँले बताउनुु भयो । 
कार्यक्रममा बोल्दै रक्षा नेपालको कार्यकारी निर्देशक रत्न काजी बज्राचार्यले यस तालिमले महिला तथा किशोरीहरूको सिप बढ्ने साथै उनीहरु आत्मानिर्भर हुने बताउनुु भयो । त्यतीमात्र होईन रक्षा नेपालले विभिन्न ठाउँमा, विभिन्न समयमा, विभिन्न महिला तथा किशोरीहरु मात्र नभएर सबै जाती र वर्गलाई विभिन्न किसिमले सहयोग गर्दे आएको र गरिरहेको पनि बताउनुु भयो । त्यस्तै यस गाउँपालिकामा पनि सहयोग गर्ने उद्येश्यको साथ यस तालिमको आयोजना गरेको बताउनुु भयो । आगामी दिनमा पनि आवश्यकताको पहिचान गरेर आवश्यक तालिमहरु यस क्षेत्रमा सञ्चालन गर्न रक्षा नेपाल सधैनै तत्पर रहेको बताउनुु भयो । 


त्यति मात्र होईन रक्षा नेपालले विभिन्न जिल्लाको गाउँ गाउँमा गएर कीशोरी समूह, आमा समूह लगायतको समुहको स्थापना गरि धेरै भन्दा धेरै महिला तथा किशोरीहरूलाई  विभिन्न किसिमको तालिमहरु जस्तै सिपमुलक तालिम,शैक्षिक सहयोग, व्यक्तित्व बिकास, नेतृत्व बिकास, आत्मनिर्भर तथा यौनजन्य हिंसा सम्बन्धी जनचेतनामुलक तालिमहरु पनि उपलब्ध गर्दे आएको पनि उहाँले जानकारी गराउनुु भयो । 


निशुल्क सिलाई कटाई तालीमको उद्घाटन समारोहमा खानीखोला गाउँपालिका वडा नं १ का शान्त मान ,वडा ४ निशान मुक्तान,वडा नं. ६ बृहस्पति घिसिङ,वडा ७ राम मोक्तान तथा रक्षा नेपालका प्रतिनिधिहरु दुर्गा पाण्डे,जिल्लाका लिडर किशोरीहरु लगायत को उपस्थित रहेको थियो ।

 

सिलाई कटाई तालिमको उद्घाटनमा सहभागी भएका महिला,आमाहरू,किशोरीहरुले पनि उक्त तालिम आफ्नो गाउँमा आएको र तालिम लिन पाएकोमा खुशी व्यक्त गरे । साथै तालिमको लागि छनौट भएका तथा गाउँपालिकाको ७ वटै वडाका महिला तथा किशोरीहरूको उत्साहजनक उपस्थिती तालिम उद्घाटन समारोहमा रहेको थियो । कार्यक्रमको सञ्चालन रक्षा नेपालको जिल्ला सामाजिक परिचालिका फुलमाया तामाङले गर्नु भएको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?