६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

क्यानले महिला खेलाडीमाथि अन्याय गर्‍यो : ओरेक नेपाल

नागरिक पोष्ट

मंगलवार, १५ फाल्गुन २०८०

6614 views

6614 views

क्यानले महिला खेलाडीमाथि अन्याय गर्‍यो : ओरेक नेपाल

काठमाडौ ।  महिला पुनर्स्थापना केन्द्र (ओरेक) नेपालले लिङ्गको आधारमा पारिश्रमिक तोकिनु संविधान विपरीत भएको बताएको छ । साथै, महिलालाई दोस्रो दर्जाको नागरिकको रुपमा नहेर्न क्यानलाई ध्यानाकर्षण गरेको छ । 

सोमबार नेपाल क्रिकेट संघ (क्यान) ले पुरुष खेलाडी र महिला खेलाडीको पारिश्रमिक निर्धारण गरेको थियो । जसमा पुरुष खेलाडी र महिला खेलाडीबीचको पारिश्रमिक फरक–फरक तोकिएको छ । 


संघको केन्द्रिय समितिको बैठकले पारिश्रमिक पुरुषहरू तर्फ ग्रेड ‘ए’ लाई १ लाख, ग्रेड ‘बी’ लाई ७० हजार, ग्रेड ‘सी’ लाई ५५ हजार, ग्रेड ‘डी’ लाई ३५ हजार इमर्जिङ्ग क्याटागोरीलाई  २५ हजार मासिक तलब उपलब्ध गराउने  निर्णय गरेको छ । 

महिला तर्फ ग्रेड ‘ए’ लाई ५० हजार, ग्रेड ‘बी’ लाई ३५ हजार, ग्रेड ‘सी’ लाई ३० हजार, ग्रेड ‘डी’ लाई २५ हजार र इमर्जिङ्ग क्याटागोरीलाई २० हजार मासिक तलब उपलब्ध गराउने निर्णय गरेको छ । 


उक्त निर्णयले महिलाको श्रमलाई पृष्ठपोषण गरेको ओरेकको आरोप छ । नेपालको संविधान २०७२ ले लैङ्गिक आधारमा पारिश्रमिकमा कुनै भेदभाव गरिने छैन भनेको छ । तर क्यानले महिला खेलाडीको पारिश्रमिक आधा तोकेको छ । ओरेक नेपाल महिला अधिकार र सामाजिक न्यायका लागि काम गर्ने संस्था हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?