७ कार्तिक २०८१, बुधबार

ताजा खबर

चावहिल ‘जुत्ताचप्पल व्यापार मेलाको सहयोग रक्षा नेपालका छोरीहरलाई

नागरिक पोष्ट

शनिबार, १२ फाल्गुन २०८०

5424 views

5424 views

चावहिल ‘जुत्ताचप्पल व्यापार मेलाको सहयोग रक्षा नेपालका छोरीहरलाई

काठमाडौँ । प्रथम चावहिल ‘जुत्ताचप्पल व्यापार मेलाले केही थान जुत्ता चप्पल रक्षा नेपालका छोरीहरुलाई सहयोग गरेको छ । सामाजिक उत्तरदायित्व र समाजसेवाको भावनाले पनि उक्त सहयोग गरेको आयोजक टिम बताउँछन् । आज शनिबार पनि भिडभाडका साथ व्यापार चलिरहेको थियो । ग्राहकको भीड अन्य दिनमा भन्दा सार्वजनिक विदा तथा शनिबार अझ बढेको उनीहरु बताउँछन् । व्यापारको मात्र उद्येश्य होईन नेपाली उत्पादनलाई स्वदेशमानै प्रयोग गर्न उत्प्रेरीत गर्दे सामाजिक दायित्व पनि निभाउनु पर्छ । हाम्रो सानो सहयोगले कसैको मुहारमा खुशी छाउँछ भने सबैले मिलेर हाते मालो गर्नु पर्छ र आफ्रनै नेपाली उत्पादनलाई महत्व दिनुु पर्छ आयोजक टिम बताउँछन् । 

नेपाली जुत्ताचप्पल उद्यमी समूहको आयोजनामा गत माघ १८ गतेदेखि सुरु भएको जुत्ताचप्पल व्यापार मेलामा फागुन १० गतेसम्म आइपुग्दा ६० हजार भन्दा बढी ग्राहकले अवलोकन गरेको नेपाल जुत्ताचप्पल उद्योग सङ्घका वरिष्ठ उपाध्यक्ष एवम् जुत्ताचप्पल उद्यमी सुरज बन्जाडेले जानकारी दिनुभयो ।

 
मेला आयोजक सविन कार्कीले उद्योगी र उपभोक्ताहरु बिच सिधै जुत्ताचप्पल खरिद बिक्री भएको हुँदा उपभोक्ताले कम मुल्यमा गुणस्तरीय जुत्ता पाएको बताउनुभयो । “हामीले डिलर, डिष्ट्रिब्युटर र पसललाई दिने कमीसन सबै उपभोक्तालाइ दिएका छौ, आम उपभोक्ताले मौकाको फाईदा उठाउन सक्छन्,”– उहाँले भन्नुभयो । 

 

नेपाल जुत्ताचप्पल उत्पादक सङ्घका अध्यक्ष रुद्रप्रसाद न्यौपानेले नेपाली उत्पादनलाई उपभोक्तासम्म पु¥याउने उदेश्यले चावहिलमा पहिलोपटक जुत्ताचप्पल मेला आयोजना गरिएको बताउनुभयो । 

 

मेलाको शुरुमा भन्दा अहिले उपभोक्ताको भीड बढ्दै गइरहेको मेला संयोजक दिवाकर गिरीले बताउनुभयो ।  जुत्ताचप्पल मेलामा नेपालका १४ उद्योगका ३० भन्दा धेरै ब्राण्ड र तीन हजारभन्दा धेरै डिजाईन राखिएको छ ।

 

उक्त मेलामा हाइलाइफ, शु ल्याण्ड, बेली, बोश शुज, आइडल, भेनस, शिल्स, हिमानी, वन वल्र्ड, कोशेली, रन शुज, शिखर शुज, पिजी शुज र ब्याम्बो शुज राखिएका छन् । फागुन १८ गतेसम्म चल्ने मेलामा रु तीन करोड बराबरको जुत्ताचप्पल विक्रि हुने लक्ष्य मेला आयोजकले राखेको छ । मेलामा १५ देखि ६० प्रतिशतसम्म छुट दिएको व्यवसायीहरु बताउँछन् ।


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?