७ कार्तिक २०८१, बुधबार

ताजा खबर

तारकेश्वरभित्र दादुरा–रुबेला खोपको तयारी पूरा, १३ गतेदेखि खोप अभियान सञ्चालन हुने

नागरिक पोष्ट

शनिबार, १२ फाल्गुन २०८०

6512 views

6512 views

तारकेश्वरभित्र दादुरा–रुबेला खोपको तयारी पूरा, १३ गतेदेखि खोप अभियान सञ्चालन हुने

काठमाडौं । दादुरा–रुबेला खोप अभियान अन्तर्गत काठमाडौंको तारकेश्वर नगरपालिकाले आगामी १३ गतेदेखि ९ महिनादेखि १५ वर्षसम्मका बालबालिकाहरुलाई खोप लगाउने भएको छ । नगरपालिका ६ वडा कार्यालयमा आमसञ्चारकर्मीहरुका लागि खोप अभियान सफल पार्न १ दिने अभिमूखीकरण कार्यक्रमको आयोजना गरी उक्त अभियानको जानकारी दिईएको हो ।

तारकेश्वर नगरपालिकाभित्रका ४१ हजार ४ सय ६४ बालबालिकाहरुका आवश्यक परिमाणमा खोप तयारी अवस्थामा राखिएको नगरपालिकाका जनस्वास्थ्य शाखा प्रमूख विनोदकुमार शाहले जानकारी दिएका छन् । राष्ट्रिय खोप कार्यक्रममा आबद्ध जनशक्ति र प्राविधिकहरु समेत परिचालन गर्न नगरपालिकाको खोप समन्वय समितिको बैठकले निर्देशन गरेका सबै प्रकृया अपनाएर खोप कार्यक्रम सञ्चालन गरिने उनको भनाई छ ।

उक्त खोप कार्यक्रम सञ्चालन गर्न खोपकेन्द्रहरुमा परिचालन हुने सबै स्वास्थ्य प्राविधिक जनशक्ति र स्वयम्सेवकसेविकाहरुलाई आवश्यक तालिम र परामर्श प्रदान गरिसकिएको र एउटा खोप केन्द्रमा दुई जना म्याक्सिनेटर र तीन  जनासम्म स्वयम्सेवक परिचालन गर्ने तयारी भईसको पनि अधिकृत शाहले जानकारी दिएका छन् । ३ जना स्वयम्सेवकमध्य एक जना महिला र नगरपालिकाभित्रका प्रत्येक स्वास्थ्य सेवा केन्द्रबात दुई दुईजना स्वास्थ्यकर्मीहरुका साथै जुन जुन विद्यालयहरुमा खोप कार्यक्रम सञ्चालन गरिदै छ त्यो विद्यालयका एक जना शिक्षक खटाउने तयारी भएको पनि उनले बताए । 

त्यसैगरी खोप केन्द्रहरुमा नगरपालिकाको स्वास्थ्य संस्थाका एक जना चिकित्सक पनि सहभागी गराउने जनस्वास्वास्थ्य अधिकृत विनोदकुमार शाहले बताए । तारकेश्वर नगरपालिका जनस्वास्थ्य अधिकृत शाहले दादुरा–रुबेला खोप अभियान अन्तर्गत नगरपालिकाले आगामी फागुन १३ गतेदेखि सञ्चालन हुने नगरपालिकास्तरको अभियानको बारेमा जानकारीमूलक एउटा कार्यपत्रसमेत प्रस्तुत गरी अभिमूखीकरण कार्यक्रम सञ्चालन गरेका थिए । देशब्यापी रुपमा सञ्चालन भईरहेको सो अभियानले नेपालबाट दादुरा–रुबेला महामारीको अन्त्ये गर्न एउटा कोशे ढुङ्गा सावित हुने भएकोले यो अभियानमा सघाउन सम्पूर्ण नगराबासी र सरोकारवालाहरुलाई आग्रह समेत गरे ।

उनले भने ‘तारकेश्वर नगरपालिकाभित्र रहेका १ सय २२ विद्यालयहरुमा सञ्चालन गरिने दादुरा–रुबेला खोप अभियानले सञ्चालन गर्ने खोप कार्यक्रममा ९ वर्ष माथिका र १५ वर्षमुनीका बालबालिहरुलाई सहभागी गराई सहयोग गरिदिनु हुन सम्बन्धित सबैमा म अपिल गर्न गर्दछु ।’ उनले विगतदेखि जारी रहेको यो अभियान सञ्चालन गर्दा गर्दै पनि कतिपय स्थानहरुमा दादुरा–रुबेला प्रकोपका रुपमा देखा पर्न थालेकोले यो अभियान प्रभावकारी ढङ्गबाट सञ्चालन गर्नु पर्छ र राज्यले लिएको लक्ष्य सन २०२६भित्रमा पोलियो रोगसँगै दादुरा–रुबेला महामारी पनि निर्मूल पार्नु अपरिहार्य छ ।’

दादुरा–रुबेला विरुद्धको खोप अभियान दुई चरणमा सम्पन्न गर्न लागिएको बताउँदै जनस्वास्थ्य अधिकृत विनोदकुमार शाहले ५ वर्ष मुनि र ९ महिनामाथिका बालबालिकाहरुका लागि एउटा कार्यक्रमहरु रहेको छ भने ५ वर्षमाथि र १५ वर्षमुनिका बालबालिकाहरुका लागि खोप कार्यक्रम सञ्चालन हुने जानकारी दिए । कुनै पनि राष्ट्रिय खोप कार्यक्रमबाट बञ्चित ५ वर्षका मुनिका बालबालिकालाई पनि खोप सेवा उपलब्ध गराउन सकिने वातावरणसहित ५ वर्षदेखि माथिका बालबालिकाहरुलाई विसुद्ध दादुरा–रुबेला विरुद्धको खोप कार्यक्रम सञ्चालन गरिने उनले प्रष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?