७ कार्तिक २०८१, बुधबार

ताजा खबर

जसपामा महाधिवेसनको चटारो, मस्यौदा समिति गठन गरिदै

नागरिक पोष्ट

शुक्रबार, ११ फाल्गुन २०८०

4557 views

4557 views

जसपामा महाधिवेसनको चटारो, मस्यौदा समिति गठन गरिदै

काठमाडौं  जनता समाजवादी पार्टी नेपाल ९जसपा नेपाल० लाई महाधिवेसनको चटारो सुरु भएको छ । 

बालकुमारी, ललितपुरस्थित कार्यालयमा जारी केन्द्रीय कार्यकारिणी समितिको बैठकमा महाधिवेसनलाइ सफल बनाउनका लागि बिभिन्न समिति गठन गर्ने देखी केन्द्रिय सदस्यहरूको जिम्मेवारी बाँडफाँड गरिदै छ । 


हिजोबाट सुरू भएको बैठकमा पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनको तयारीबारे छलफल भएको प्रचार विभाग प्रमुख प्रकाश अधिकारीले जानकारी दिए । उनका अनुसार राष्ट्रिय महाधिवेशनलाई कसरी सफल बनाउने, नेताहरूको जिम्मेवारी बाँडफाँड गर्नेलगायत विषयमा पार्टीमा छलफल भइरहेको छ । 

आजको बैठकमा पार्टीको महाधिवेशन तयारीका लागि मस्यौदा समिति बनाउने देखी व्यवस्थापनलगायतका विषयमा छलफल जारी भएको छ । जसपाको राष्ट्रिय महाधिवेशन आगामी जेठ २८–३० गते हुदैँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?