बुधबार, ९ फाल्गुन २०८०
10252 views
10252 views
काठमाडौँ । राजधानीको सिताइलामा तीन जनाको हत्या भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका एक अनुसन्धान अधिकृतले सोलुखुम्बुको दुधकुण्ड नगरपालिका घर भई नागार्जुन नगरपालिका–६ भैरबटोलमा बस्ने राजु घिमिरे भन्ने काजी बिकले तीन जनाको हत्या गरेको खुलेको बताए ।
मृत्यु हुनेमा ३८ वर्षीया ईश्वरी श्रेष्ठ, उनकी छोरी ८ वर्षकी अनिशा श्रेष्ठ र साढे २ वर्षकी सिवानी श्रेष्ठ रहेका छन् । अनिषा ईश्वरीकी छोरी हुन् भने सिवानी नातिनी हुन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भूपेन्द्र खत्रीले घटनापछि श्रीमानपनि जंगलमा झुन्डिएको अवस्थामा फेला परेको जानकारी दिए ।