७ कार्तिक २०८१, बुधबार

ताजा खबर

श्रीमती र दुई छोरीको हत्यापछि श्रीमानले गरे आत्महत्या

नागरिक पोष्ट

बुधबार, ९ फाल्गुन २०८०

5271 views

5271 views

श्रीमती र दुई छोरीको हत्यापछि श्रीमानले गरे आत्महत्या

काठमाडौं । काठमाडौंको स्वयम्भूमा तीनजनाको हत्या भएको छ। नागार्जुन नगरपालिका वडा नम्बर ६ स्थित एउटा घरमा बुधबार बिहान तीन जनाको हत्या भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार परिसर, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र वृत्त स्वयम्भूको टोली घटनास्थलमा पुगेको छ। ‘विस्तृत विवरण आउन बाँकी छ,’ परिसर प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले भने।


काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार एक जना ३९(४० वर्षकी महिला र उनका दुई वटी छोरीको हत्या भएको हो।

हत्या भएकामा सात(आठ वर्षीया बालिका र अर्की एक करिब दुई वर्षीया बालिका रहेका छन्।


‘घरेलु हातहतियार प्रहार गरी हत्या गरेको देखिन्छ,’ उनले भने। दुई तले घरको भुइँ तलामा घटना भएको हो। 

घटनामा संलग्न महिलाकै श्रीमान् रहेको बुझिएको छ।

घटनापछि उनको खोजी गर्ने क्रममा घरनजिकैको जङ्गलमा झुण्डिएको अवस्थामा फेला परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?