बुधबार, ९ फाल्गुन २०८०
5968 views
5968 views
काठमाडौं, ९ फागुन । बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ४०० रूपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको १ लाख १८ हजार ४०० र तेजावी सुनको मूल्य १ लाख १७ हजार ८५० रूपैयाँ निर्भारण गरीएको छ ।
हिजो स्थिर रहेको सुन सोमबारकै मूल्य प्रतितोला १ लाख १८ हजार रूपैयाँमा कारोबार भएको थियो ।
यता आज चाँदीको मूल्य पनि तोलामा ५ रूपैयाँले बढेको छ । मंगलबार प्रतितोला १ हजार ४१० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १ हजार ४१५ रुपैयाँ निर्धारण गरीएको छ ।