७ कार्तिक २०८१, बुधबार

ताजा खबर

पाँचथरको फिदिममा ग्लोबल आइएमई बैंककाे शाखारहित बैंकिङ सेवा

नागरिक पोष्ट

बुधबार, ९ फाल्गुन २०८०

7396 views

7396 views

पाँचथरको फिदिममा ग्लोबल आइएमई बैंककाे शाखारहित बैंकिङ सेवा

काठमाडौं, ९ फागुन । पाँचथरको फिदिम नगरपालिका–१२, डेरी बजारमा ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएको छ ।

सोमवारदेखि उक्त शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवाहरूको संख्या २७५ पुगेको हो ।

फिदिम नगरपालिकाका उपमेयर राधाकृष्ण न्यौपाने, वडा नं १२ का अध्यक्ष कमलप्रसाद चापागाईं र बैंकका सहायक महाप्रबन्धक दिलिप पोखरेलले संयुक्त रूपमा उक्त शाखारहित बैंकिङ सेवाको उद्घाटन गरेका थिए ।

शाखारहित बैंकिङ सेवाबाट ग्रामीण क्षेत्रका बासिन्दाले स्थानीय प्रतिनिधिमार्फत विभिन्न बैंकिङ सेवा लिन सक्ने बैंकको विस्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?