६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

क्यानडा-११ माथि नेपाल ए २ विकेटले विजयी

नागरिक पोष्ट

मंगलवार, ८ फाल्गुन २०८०

5509 views

5509 views

क्यानडा-११ माथि नेपाल ए २ विकेटले विजयी

काठमाडौं । नेपाल ए ले क्यानडा(११ लाई पराजित गरेको छ । मूलपानी क्रिकेट मैदानमा सम्पन्न सिरिजको दोस्रो खेलमा नेपाल ए ले क्यानडा(११ लाई २ विकेटले पराजित गरेको हो । क्यानडा(११ ले दिएको २४१ रनको लक्ष्य पछाएको नेपाल ए ले ४९।१ ओभरमा ८ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

नेपालका लागि बशीर अहमद र कप्तान सन्दीप जोराले अर्धशतकीय पारी खेलेका थिए । बशीरले अविजित रहँदै ५१ रन बनाएर नेपाल ए को जितमा महत्वपूर्ण भूमिका खेलेका थिए । त्यस्तै सन्दीप जोराले ६६ रन बनाएका थिए भने राशिद खानले ४७ र अर्जुन कुमालले ४० रन बनाएका थिए  । 


यसअघि टस हारेर पहिला ब्याटिङ गरेको क्यानडा(११ ले ४९।५ ओभरमा अलआउट हुँदै २४० रन बनाएको थियो ।

क्यानडाका लागि श्रेयस मोभ्भाले सर्वाधिक ६८ रन बनाएका थिए । त्यस्तै नवनीत धालिवालले ४६, श्रीमन्था विजेयरत्नेले ४१ र एरोन जोहनसनले ३६ रन बनाएका थिए ।


त्यसैगरी नेपाल ए का बलर शहाब आलमले ३ विकेट लिएका थिए भने शेर मल्ल र राशिद खानले २(२ विकेट लिएका थिए । त्यसैगरी सागर ढकाल र बसिर अहमदले एक एक विकेट लिएका थिए ।

यो नेपाल ए टिमको पहिलो जित हो । यो जितपछि नेपाल ए ले क्यानडा(११ बीचको सिरिजमा १(१ को बराबरी गरेको छ । अब सिरिजको अन्तिम खेल तथा निर्णायक खेल विहिबार हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?