७ कार्तिक २०८१, बुधबार

ताजा खबर

चावहिल ‘जुत्ताचप्पल व्यापार मेला’ २५ हजारले अवलोकन गरे, मेलामा ५० प्रतिशतसम्म छुट अफर

नागरिक पोष्ट

सोमबार, ७ फाल्गुन २०८०

11051 views

11051 views

चावहिल ‘जुत्ताचप्पल व्यापार मेला’  २५ हजारले अवलोकन गरे, मेलामा ५० प्रतिशतसम्म छुट अफर

 काठमाडौँ । प्रथम चावहिल ‘जुत्ताचप्पल व्यापार मेला–२०८०’ मा २५ हजारभन्दा बढीले अवलोकन गरेका छन् । नेपाल जुत्ताचप्पल उद्यमी समूहको आयोजनामा गत माघ १८ गतेदेखि सुरु भएको जुत्ताचप्पल व्यापार मेलामा फागुन ६ गतेसम्म २५  हजारभन्दा बढी ग्राहकले अवलोकन गरेको नेपाल जुत्ताचप्पल उद्योग सङ्घका वरिष्ठ उपाध्यक्ष एवम् जुत्ताचप्पल उद्यमी सुरज बन्जाडेले जानकारी दिनुभयो । मेलामा हालसम्म रु डेढ करोडभन्दा बढीको कारोबार भएको छ । 
नेपाल जुत्ताचप्पल उत्पादक सङ्घका अध्यक्ष रुद्रप्रसाद न्यौपानेले नेपाली उत्पादनलाई उपभोक्तासम्म पु¥याउने उदेश्यले चावहिलमा पहिलोपटक जुत्ताचप्पल मेला आयोजना गरिएको बताउनुभयो । जुत्ताचप्पल मेलामा नेपालका १४ उद्योगका ३० भन्दा धेरै ब्राण्ड र तीन हजारभन्दा धेरै डिजाईन राखिएको छ ।  
उक्त मेलामा हाइलाइफ, शु ल्याण्ड, बेली, बोश शुज, आइडल, भेनस, शिल्स, हिमानी, वन वल्र्ड, कोशेली, रनशुज, शिखर शुज, पिजी शुज र ब्याम्बो शुज राखिएका छन् । 
समूहका अनुसार नेपाली जुत्ताचप्पल उद्योगको उत्पादन क्षमता वार्षिक १६ करोड जोर भएपनि विक्रिवितरण भने जम्मा ६ करोडमात्र हुने गरेको छ । फागुन १८ गतेसम्म चल्ने मेलामा रु तीन करोड बराबरको जुत्ताचप्पल विक्रि हुने लक्ष्य राखिएको छ । मेलामा १५ देखि ५० प्रतिशतसम्म छुट दिइएको समूहले जनाएको छ ।

चावहिलमा जारी जुत्ताचप्पल मेलाबाट व्यवसायी र उपभोक्तामा उत्साह थपिदै

नेपाल जुत्ता चप्पल उद्योग संघले गएको माघ १८ गतेबाट सञ्चालनको शुरु गरेको जुत्ता चप्पल मेलामा अवलोकनकर्ताहरुको आगमन उत्साहजन देखिएको छ । चावहिल काठमाडौंमा जारी प्रथम चुत्ताचप्पल मेला सञ्चालनको तेश्रो सातामा आईपुग्दा पनि उपभोक्ताहरुको चहलपल बढ्दै गएको हो ।

प्रथम चावहिल ‘जुत्ताचप्पल व्यापार मेला–२०८०’ सञ्चालनको तेश्रो सातासम्म मा २० हजारभन्दा बढीले अवलोकन गरिसकेको आयोजक समूहले जानकारी दिएको छ । नेपाल जुत्ताचप्पल उद्यमी समूहका वरिष्ठ उपाध्यक्ष एवम् जुत्ताचप्पल उद्यमी सुरज बन्जाडेले दिएको जानकारी अनुसार मेलामा हालसम्म डेडकरोड रूपैयाँभन्दा बढीको कारोबार भएको छ । नेपाल जुत्ताचप्पल उत्पादक संघका अध्यक्ष रुद्रप्रसाद न्यौपानेले नेपालीले उत्पादनलाई उपभोक्तासम्म पु¥याउने उद्देश्यले चावहिलमा पहिलोपटक जुत्ताचप्पल मेला आयोजना गरिएको र जुत्ताचप्पल मेलामा नेपालका १४ उद्योगका ३० भन्दा धेरै ब्राण्ड र तीन हजारभन्दा धेरै डिजाइनका जुत्ता चप्पलहरु प्रदर्शनी तथा बिक्रीमा राखिएका छन् ।

उक्त मेलामा हाइलाइफ, शु ल्याण्ड, बेली, बोश शुज, आइडल, भेनस, शिल्स, हिमानी, वन वल्र्ड, कोशेली, रनशुज, शिखर शुज, पिजी शुज र ब्याम्बो शुज राखिएका छन् । समूहका अध्यक्ष न्यौपानेका अनुसार नेपाली जुत्ताचप्पल उद्योगको उत्पादन क्षमता वार्षिक १६ करोड जोर भए पनि बिक्री वितरण भने जम्मा ६ करोड मात्र हुने गरेको छ ।

फागुन १८ गतेसम्म चल्ने मेलामा तीन करोड रूपैयाँ बराबरको जुत्ताचप्पल बिक्री हुने लक्ष्य राखिएको छ। मेलामा १५ देखि ५० प्रतिशतसम्म छुट दिइएको समूहले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?