६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा एनआरएनएका खेलाडीले भाग लिन्छन् : अध्यक्ष डा.बद्री केसी

नागरिक पोष्ट

आईतवार, ६ फाल्गुन २०८०

6920 views

6920 views

पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा एनआरएनएका खेलाडीले भाग लिन्छन् : अध्यक्ष डा.बद्री केसी

 १७ फेब्रुअरी २०२४ गैरआवासीय नेपाली संघका अध्यक्ष बद्री  केसीले आगामी वर्षदेखी पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा एनआरएनएले पनि  भाग लिने बताउनु भयो ।

नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा शनिवार  सम्पन्न १८ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा अध्यक्ष केसीले अबका म्याराथनमा एनआरएनए खेलाडीले भाग लिने बताएका हुन् ।  उक्त  समारोहलाई सम्बोधन गर्दै उनले   पोखरा म्याराथनमा  ८७ देशमा बस्ने नेपालीहरुले समेत अपनत्व लिएको भन्दै खुशी व्यक्त  व्यक्त गर्नु भयो ।  

सो प्रतियोगितमा संघले ७ लाख ५० हजार रुपैया आर्थिक सहयोग समेत गरेको थियो । संघले आगामी तीन वर्षसम्म लगातार सो प्रतियोगितामा प्रायोजकको रुपमा सहयोग समेत गर्ने भएको छ ।

प्रतियोगितामा ४२.१९५ किलोमिटर म्याराथनमा ३१ विदेशीसहित कुल १ सय ८ धावकले प्रतिस्पर्धा गरेका थिए ।  पोखरा म्याराथनको १८ औं संस्करणका पहिलोदेखि तेस्रो स्थानसम्म केन्याली खेलाडीहरु भएका छन् । जुलियास मुरियाली वाहोमले निर्धारित ४२.१९५ किलोमिटरको दुरी २ घण्टा १९ मिनेट ३६ सेकेण्डमा पूरा गरेका थिए ।

केन्याकै इसाक किहारा कमिरीले २ घण्टा २० मिनेट ०५ सेकेण्डको समयमा पुरा गरे । केन्याका इडविन किप्लागटले थप ४० सेकेण्ड समय लगाउँदा तेस्रो बन्न सफल भए ।

नेपालका किरण सिंह बोगटीले २ घण्टा २४ मिनेट ०२ सेकेण्डमा म्याराथन पूरा गरेर चौथो स्थान  प्राप्त गरे ।

बिहीबार पोखरेली मञ्च युकेले तमु धिं यूके, बगर भाई खलक यूकेबाट संकलित १९ लाख २४ हजार २ सय ४० रुपैयाँ पोखरा म्याराथनका लागि सहयोग गरेको थियो ।

संस्थाका अध्यक्ष करम गुरुङले भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीलाई रकम हस्तान्तरण गरेका हुन् । बगर भाइ खलक यूकेका अध्यक्ष तथा संघका आइसीसी सदस्य दिलरास गुरुङले आफ्नो तर्फबाट नगद ५० हजार हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा पोखरेली मञ्च अस्ट्रेलियाका संयोजक चन्द्रप्रकाश गुरुङले गैरआवासीय नेपाली संघ अस्ट्रेलियाबाट प्राप्त १ लाख र आफ्नोतर्फबाट संकलित १ लाख ३६ हजार ५ सय रुपैयाँ हस्तान्तरण गर्नु भयो ।

म्याराथनमा १३ राष्ट्रका ५० विदेशी खेलाडी भाग लिएका थिए ।   म्याराथनमा सहभागी हुन् संघका केन्द्रीय अध्यक्ष डा. बद्री केसी सहित  संघकी उपाध्यक्ष रोजिना प्रधान राई, सहकोषाध्यक्ष कृष्ण तिमल्सिना, युरोपका क्षेत्रीय उसंयोजक महेश अधिकारी, आइसीसी सदस्य विक्रम कार्की (कतार), पूर्वआईसीसी सदस्यद्धय अर्कराज तिमल्सिना, कृष्ण ढकाल र संघका निवर्तमान प्रवक्ता शिव बरुवाल पोखरा पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?