७ कार्तिक २०८१, बुधबार

ताजा खबर

बैंकहरूले फागुनका लागि घटाए ब्याजदर

नागरिक पोष्ट

सोमबार, २९ माघ २०८०

9181 views

9181 views

बैंकहरूले फागुनका लागि घटाए ब्याजदर

काठमाडौं । फागुन महिनाका लागि बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन् । बैंकहरूले सोमबार सार्वजनिक गरेको नयाँ ब्याजदर तालिकाअनुसार माघको तुलनामा ब्यक्तिगत मुद्दतिको औसत ब्याजदर ०.४१ प्रतिशत विन्दुले घटेको हुन् ।

४ वाणिज्य बैंकहरु एभरेष्ट, लक्ष्मी सनराइज , माछापुच्छ्रे र हिमालयन बैंकले माघ महिनाकै ब्याजदरलाई निरन्तरता दिए पनि अरु १६ बैंकले घटाउँदा औसत निक्षेप ब्याजदर तल झरेको हो ।

बैंकहरुले आवश्यकता अनुसार ब्याजदर प्रकाशित गरेका हुन् । बढी अवधिको मुद्दति निक्षेपमा बढी र छोटो अवधिको मुद्दति निक्षेपमा कम ब्याजदर रहेको छ । व्यक्तिगत मुद्दतीमा दिएको अधिकतम ब्याजदरको २ प्रतिशत विन्दुभन्दा कम मात्रै संस्थागत ब्याजदर दिन सक्ने व्यवस्था छ । 

व्यक्तिगत मुद्दति निक्षेपमा कुनको ब्याजदर कति ?

कृषि विकास बैंक : ६.४४३

एभरेष्ट बैंक : ८

नेपाल बैंक : ७.२५

लक्ष्मी सनराइज बैंक : ८

माछापुच्छ्रे बैंक : ८

एनआईसी एसिया बैंक : ८

प्रभु बैंक : ७.५

स्टान्डर्ड चार्टड बैंक : ७.३५

राष्ट्रिय वाणिज्य बैंक : ७.३५

नबिल बैंक : ७.७५

ग्लोबल आईएमई बैंक : ७.६

सिद्धार्थ बैंक : ८

प्राइम कमर्सियल बैंक : ७.४

कुमारी बैंक : ८.०१

सानिमा बैंक : ७.५१

हिमालयन बैंक : ८.१५

नेपाल एसबीआई बैंक : ८.१

नेपाल इन्भेष्टमेन्ट बैंक : ८

एनएमबी बैंक : ८.५

सिटिजन्स बैंक : ८.२५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?