३१ भाद्र २०८१, सोमबार

ताजा खबर

१९ वर्षमुनिको विश्वकप क्रिकेटकाे उपाधि अस्ट्रेलियालाई

नागरिक पोष्ट

सोमबार, २९ माघ २०८०

7753 views

7753 views

१९ वर्षमुनिको विश्वकप क्रिकेटकाे उपाधि अस्ट्रेलियालाई

काठमाण्डौ ( भारतलाई हराउँदै अस्ट्रेलियाले आईसीसी १९ वर्षमुनिको विश्व कप क्रिकेटको उपाधि चौथो पटक जितेको छ ।

अस्ट्रेलियाका लागि हरजस सिंहले सर्वाधिक ५५ रन बनाए । कप्तान ह्युग वेबगेनले ४८ रन बनाउँदा ओलिभर पिक ४६ रनमा अविजित रहे। ह्यारी डिक्सनले ४२ तथा चार्ली एन्डरसनले १३ रन बनाए । बलिङतर्फ भारतका राज लिम्बानीले सर्वाधिक ३ विकेट र नमन तिवारीले २ विकेट लिए । यसअघि भारतले गएको वर्ष समेत गरेर अहिलेसम्म ५ पटक १९ वर्षमुनिको विश्वकप जितेको थियो ।

अस्ट्रेलियाले भने यसअघि सन् १९८८, २००२, २०१० मा उपाधि जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?