६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

नेपालले क्यानडालाई दियो मध्यम लक्ष्य

नागरिक पोष्ट

बिहीबार, २५ माघ २०८०

6733 views

6733 views

नेपालले क्यानडालाई दियो मध्यम लक्ष्य

काठमाडौं । क्यानडाविरूद्धको पहिलो एकदिवसीय खेलमा नेपालले मध्यम लक्ष्य दिएको छ । मध्यक्रमका ब्याटसम्यान नचलेको खेलमा नेपालले क्यानडालाई २२५ रनको विजयी लक्ष्य दिएको हो । नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २२४ रन बनायो ।

४८ रनमा पहिलो विकेट गुमाएको नेपालका लागि कुनै पनि ब्याट्सम्यानले राम्रो साझेदारी गर्न सकेनन् । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि ओपनर कुशल भुर्तेलले अर्धशतक प्रहार गर्दा अरु ब्याटरले रन बनाउन सकेनन् ।


एकदिवसीय खेलमा सातौं अर्धशतक प्रहार गरेका कुशलले ५८ बलमा ९ चौका र १ छक्का प्रहार गर्दै ६२ रन जोडे ।

आसिफ शेख ८ रनमा आउट हुँदा कप्तान रोहितकुमार पौडेलले पनि ८ रनभन्दा बढी बनाउन सकेनन् । भीम सार्की १७ रनमा आउट हुँदा कुशल मल्लले पनि २० रन मात्र बनाउन सके ।


आरिफ शेख ३८ रनमा आउट हुँदा पवन सर्राफ १५ रनमा पभेलिएन फर्किए । दोस्रो उच्च स्कोर बनाएका आरिफले ५० बलमा ४ चौका प्रहार गरे । २३ बलमा २ छक्का र १ चौका हानेका सोमपाल कामी २७ रनमा आउट भए । रिजन ढकाल ४ रनमा आउट हुँदा सूर्य तामाङ  १० रनमा नटआउट रहे ।

क्यानडाका उदय भगवानले ३ र सादबीन जफारले २ विकेट लिए । इश्वरजत सोही, साहिद अहमादजाइ र हर्स थाकिरले समान एकरएक विकेट लिए ।

नेपालले फागुन पहिलो साता आइसिसी विश्वकप लिग(२ अन्तर्गत नामिबिया र नेदरल्यान्ड्सविरुद्धको सिरिज खेल्नुअघि क्यानडासँग तीन खेलको एकदिवसीय सिरिज खेलेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?