७ कार्तिक २०८१, बुधबार

ताजा खबर

सामान्य घट्याे सुनचाँदीकाे भाउ, कतिमा हुँदैछ किनबेच ?

नागरिक पोष्ट

बिहीबार, २५ माघ २०८०

6461 views

6461 views

सामान्य घट्याे सुनचाँदीकाे भाउ, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं, २५ माघ । नेपाली बजारमा बिहिबार सुन–चाँदीको भाउ घटेको छ। बुधबार तोलामा ६०० रूपैयाँले बढेको सुनको मूल्य बिहिबार २०० रूपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार ४०० रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ८५० रूपैयाँ निर्धारण भएको छ।

बुधबार  छापावाल सुन प्रतितोला एक लाख १८ हजार छ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ५० रूपैयाँमा कारोबार भएको थियो।

यता चाँदी पनि आज तोलामा ५ रूपैयाँले घटेर प्रतितोला एक हजार तीन सय ७० रूपैयाँमा कारोबार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?