बुधबार, १७ माघ २०८०
10201 views
10201 views
काठमाडौँ । भाटभटेनी डिपार्टमेन्ट स्टोरमाथि भएको कर निर्धारण र जरिवानालाई सर्वोच्च अदालतको पूर्ण इजलासले सदर गरेको छ । नक्कली भ्याट बिल बनाएर कर छलेको आरोप भाटभटेनी डिपार्टमेन्ट स्टोरमाथि छ ।
न्यायाधीशहरू डा। कुमार चुँडाल, टेकप्रसाद ढुंगाना र बालकृष्ण ढकालको इजलासले यसअघि सर्वोच्च अदालतले गरेको फैसला सदर गरेको हो । यो फैसलासँग भाटभटेनी डिपार्टमेन्ट स्टोरले कर, जरिवाना र ब्याज बापत कम्तीमा २ अर्ब रुपैयाँ हाराहारीको रकम राज्यकोषमा बुझाउनुपर्ने राजस्व प्रशासन स्रोतको भनाइ छ ।