७ कार्तिक २०८१, बुधबार

ताजा खबर

नागढुङ्गा सुरुङमार्गको सुरुङ फागुन २३ गते छिचोल्ने अन्तिम तयारी

नागरिक पोष्ट

बुधबार, १७ माघ २०८०

6359 views

6359 views

नागढुङ्गा सुरुङमार्गको सुरुङ फागुन २३ गते छिचोल्ने अन्तिम तयारी

काठमाण्डौ – सिस्नेखोला–नागढुङ्गा सुरुङमार्गको मुख्य सुरुङ आउँदो फागुन २३ गते छिचोल्ने तयारी भएको छ । दुई हजार छ सय ८८ मिटरको सुरुङमार्ग फागुनको २३ गते छिचोल्ने तयारी रहेको नागढुङ्गा–सुरुङ मार्ग आयोजनाका प्रमुख नवीनमान श्रेष्ठले उज्यालोलाई जानकारी दिनुभयो ।
यो आयोजनाको दुई हजार पाँच सय ५७ मिटरको ुरेस्क्युु अर्थात् उद्धार सुरुङ गएको साउन २२ गते छिचोलिसकिएको छ । मुख्य सुरुङ छिचोल्ने कार्यक्रममा क–कसलाई सहभागी गराउने भन्ने विषयमा योजना बनाइरहेको सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले बताउनुभयो । सुरुङ छिचोलिँदा पूजापाठ र हर्षबढाइँ पनि हुनेछ ।

मुख्य सुरुङसँगै रहेको उद्धार सुरुङमा सुरक्षाकर्मीको गाडी, एम्बुलेन्स, वारुण यन्त्र जस्ता गाडी हिँड्न पाउने छन् । मुख्य सुरुङमा दुर्घटना हुँदा उद्धार गर्न यो सुरुङ बनाइएको हो । मुख्य सुरुङ दुई लेन र उद्धार सुरुङ एकल लेनको बनिरहेको छ ।
यो नेपालको पहिलो आधुनिक सुरुङमार्ग हो । सुरुङमार्ग बनेपछि नौबिसे–थानकोट सडकको झन्डै आठ किलोमिटर लम्बाइ साढे दुई किलोमिटरमै छोटिनेछ । यस्तै यात्रा अवधि झन्डै ३० मिनेट छोटिनेछ । यस्तै गाडीहरू उकालोमा बिग्रिएर घण्टौँ जाममा बस्नुपर्ने अवस्थाको अन्त्य हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?