७ कार्तिक २०८१, बुधबार

ताजा खबर

रौतहटमा नाग जस्तै सर्प देखिएपछि हेर्नेको भीड

नागरिक पोष्ट

मंगलवार, १६ माघ २०८०

8450 views

8450 views

रौतहटमा नाग जस्तै सर्प देखिएपछि हेर्नेको भीड

रौतहट। रौतहटको फतुवा विजयपुर नगरपालिका–३ स्थित सर्प देखिएपछि नाग देवता भन्दै हेर्नेको भीड लागेको छ । फतुवा विजयपुर वडा ३ मेवा गाउँ र टेंग्राहाको बीचमा नाग देखिएको हो । उक्त स्थानमा मंगलबार बिहानैदेखि नाग देवताको दर्शन गर्नेहरूको भीड लागेको स्थानीय वीरेन्द्र यादवले बताए ।

पछिल्लो तीनदिनदेखि उक्त स्थान नहरको छेउमा नाग देखिने गरेको उनले बताए । नहर छेउको खेतको दुलोबाट बिहान १० बजे निस्केर दिउँसो ३ बजेसम्म एउटै स्थानमा बस्नेगरेको गाउँलेहरुले बताएका छन् । नाग देवता भनिएको उक्त सर्प जस्तै केही समय अघि कटहरियामा पनि देखिएको थियो। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?