७ कार्तिक २०८१, बुधबार

ताजा खबर

त्रिविको शैक्षिक प्रमाणपत्रका लागि अनलाइन आवेदन दिने तरिका यस्तो छ

नागरिक पोष्ट

सोमबार, १५ माघ २०८०

10014 views

10014 views

त्रिविको शैक्षिक प्रमाणपत्रका लागि अनलाइन आवेदन दिने तरिका यस्तो छ

काठमाडौँ । त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुले अनलाइन मार्फत शैक्षिक प्रमाण पत्र आवेदन दिने तरिका सार्वजनिक गरेको छ । त्रिविले विद्यार्थीको ट्रान्सक्रिप्ट, प्रोभिजनल, पुनर्योग, प्रतिलिपि लगायतका शैक्षिक प्रमाणपत्रको लागि माघ १५ गतेदेखि कसरी अनलाइन आवेदन दिने तयारी गरेको छ ।

प्रक्रिया पुर्‍याएर आवेदन दिएको विद्यार्थीको आवश्यक कागजात अपुग भए अथवा अरु समस्या आए इमेल अथवा फोन मार्फत विद्यार्थीलाई जानकारी दिइने र सो अनुसार फेरि आवेदन दिनुपर्ने पनिका बल्खुले जनाएको छ ।ब

आवेदन अनुसार विद्यार्थीको प्रमाणपत्र सम्बन्धित क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय मार्फत वितरण गरिने र प्रमाणपत्र संकलन गर्दा स्वयं विद्यार्थी अथवा विद्यार्थीले इच्छाइएको व्यक्ति हुनुपर्ने बल्खुले सूचनामा उल्लेख गरेको छ । नाम, थर आदि सच्चाउने प्रक्रियाको लागि आवश्यक कागजातहरू बल्खु वा सम्बन्धित क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयमा बुझाउनुपर्नेछ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?