७ कार्तिक २०८१, बुधबार

ताजा खबर

काम नगर्ने कर्मचारीप्रति सरकार कडारूपमा प्रस्तुत हुने चेतावनी

नागरिक पोष्ट

सोमबार, १५ माघ २०८०

6155 views

6155 views

काम नगर्ने कर्मचारीप्रति सरकार कडारूपमा प्रस्तुत हुने चेतावनी

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती मन्त्री सुदन किराँतीले गम्भीर भएर काम नगर्ने उच्च पदाधिकारी र कर्मचारीप्रति सरकार कडारूपमा प्रस्तुत हुने चेतावनी दिएका छन् ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित ह्यांगर अनुगमन गर्दै सो चेतावनी दिएका हुन् । सन् २०१२ देखि ‘ग्राउन्डेड’ ट्विनअटर जहाज मर्मतमा नेपाल वायुसेवा निगम व्यवस्थापनले आलटाल गरेको भन्दै मन्त्री किराँती आक्रोशित बनेका छन् ।

६ महिनाअघि उक्त ट्विनअटर जहाज मर्मत गर्न किराँतीले निर्देशन दिएका थिए । त्यसबेला कानुनी प्रक्रिया पूरा भएको दुई महिनाभित्र जहाज मर्मत भइसक्ने निगम कार्यकारी अध्यक्ष युवराज अधिकारीले मन्त्री किराँतीलाई बताएका थिए ।

ग्राउन्डेड जहाज बनाउन बोर्डबाट निर्णय भएको दुई महिना बित्दा पनि जहाज मर्मत नभएपछि सोमबार मन्त्री किराँती अनुगमन गर्न विमानस्थलस्थित ह्यांगर पुगेको उनको सचिवालय स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?