७ कार्तिक २०८१, बुधबार

ताजा खबर

समाज कल्याण परिषद्की उपाध्यक्ष मोनिकाले दिइन् राजीनामा

नागरिक पोष्ट

सोमबार, १५ माघ २०८०

6750 views

6750 views

समाज कल्याण परिषद्की उपाध्यक्ष मोनिकाले दिइन् राजीनामा

अमेरिकी पिआर (स्थायी बसोबास अनुमति) लिएको उजुरी परेपछि समाज कल्याण परिषद्की उपाध्यक्ष मोनिका भट्टराई अधिकारीले पदबाट राजीनामा दिएकी छन्।

उपाध्यक्ष मोनिकाले पिआर लिएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोग र मन्त्रालयमा उजुरी परेको थियो। उजुरी परेपछि उनले राजीनामा दिएकी हुन्।

परिषद् अध्यक्षसमेत रहेका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले उपाध्यक्ष मोनिकाले दिएको राजीनामा स्वीकृत गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?