७ कार्तिक २०८१, बुधबार

ताजा खबर

नेपालमा लगानी : चीन अघिअघि भारत पछिपछि, कुन देशको प्रतिवद्धता कति ?

नागरिक पोष्ट

सोमबार, १५ माघ २०८०

5934 views

5934 views

नेपालमा लगानी : चीन अघिअघि भारत पछिपछि, कुन देशको प्रतिवद्धता कति ?

काठमाडौं, १५ माघ । उद्योग विभागका अनुसार नेपालमा हालसम्म ९९ वटा देशबाट ४५ खर्ब ४४ अर्ब बराबरको विदेशी लगानीको प्रतिबद्धता आएको छ। यदि आएको प्रतिबद्धता कार्यान्वयन हुने हो भने त्यो लगानीबाट ५ हजार ८ सय ८ उद्योगहरू नेपालमा स्थापना हुने थिए। तर यसरी आउने प्रतिबद्धतामध्ये केहीले मात्र लगानी गर्ने गरेको छन् ।

गत वर्ष ३ सय २७ वटा परियोजनाका लागि विभिन्न देशका नागरिकले ३८ अर्ब रुपैयाँभन्दा बढीको लगानी स्वीकृत गराएको विभागले जनाएको छ । उनीहरूले १७ हजार जनाभन्दा बढीलाई रोजगारी दिने प्रस्ताव गरेका छन्।

नेपालमा वैदेशिक लगानी भित्रिने देशमा सबैभन्दा अगाडि चीन र दोस्रोमा भारत रहेको विवरणले देखाउँछ। नेपालमा आएको कुल लगानी प्रतिबद्धतामध्ये चीनबाट ४५ प्रतिशत आएको छ भने भारतको २३ प्रतिशत छ।

चीनबाट नेपालमा कुल २ खर्ब ४ अर्ब रुपैयाँभन्दा बढीको लगानी प्रतिबद्धता आएको देखिन्छ। यसबाट २ हजार २ सय १९ वटा उद्योगमा चिनियाँ लगानीको प्रस्ताव आएको छ। त्यसबाट एक लाखभन्दा बढी रोजगारी उत्पन्न हुने प्रतिबद्धता पनि जनाइएको छ।

यस्तै विभागको विवरण अनुसार हालसम्म भारतबाट कुल १ खर्ब ५ अर्ब रुपैयाँको लगानी प्रतिबद्धता आएको छ। भारतीयहरूले ८३० वटा उद्योगमा लगानीको प्रतिबद्धता जनाएका छन्।

तर प्रतिवद्धता जनाएका आयोजनामा लगानी ल्याउन सरकारले समेत कुनै चासो देखाएको छैन । नेपाल सरकारले लगनी प्रतिवद्धता जनाएका कम्पनीहरुलाई छलफल गरेर लगानी ल्याउन सहिजकरण गर्ने हो भने यी दुई देशको प्रतिवद्धताले नै मुलुकको विकास र रोजगारी सृजनामा उल्लेख्य योग्दान गर्ने अर्थशास्त्री नरबहादुर थापा बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?