७ कार्तिक २०८१, बुधबार

ताजा खबर

बालेनले गर्नुपर्ने निर्णय शिक्षा विभाग प्रमुखले गरिदिए, ७ दिन कार्यालय नआउने गरि कारबाही

नागरिक पोष्ट

आईतवार, १४ माघ २०८०

7821 views

7821 views

बालेनले गर्नुपर्ने निर्णय शिक्षा विभाग प्रमुखले गरिदिए, ७ दिन कार्यालय नआउने गरि कारबाही

काठमाडौं । काठमाडौं महानगरपालिकाको शिक्षा विभागका प्रमुख सिताराम कोइराला कारबाहीमा परेका छन् । कोइरालालाई बालेन अध्यक्ष रहेको शिक्षा समितिले गर्नुपर्ने निर्णय आफूखुसी गरेको भन्दै कारबाही गरिएको हो ।


मेयर शाहको सचिवालयकाअनुसार कोइरालालाई लिखित स्पष्टीकरण सोधिएको र काममा तत्कालै नआउन भन्दै सात दिनका लागि कारबाही गरिएको हो ।


कोइरालाले बानेश्वरस्थित रत्नराज्य स्कुलमा प्लस टुमा विज्ञान विषयको अध्यापन गराउने अनुमति विभागमार्फत दिएका थिए । तर, उक्त अनुमति दिने अधिकार नगर शिक्षा समितिसँग रहेको र समितिको अध्यक्ष मेयर शाह नै रहेका छन् ।

समितिले अनुमति दिनुपूर्व निर्णय गरेर मात्रै अनुमति दिनुपर्नेमा निर्णय नै नभएको अवस्थामा कोइराला प्रमुख रहेको शिक्षा विभागले अनुमति दिएको पाइएपछि उनलाई कारबाही गरिएको शाहको सचिवालयले जनाएको छ ।

सचिवालयकाअनुसार बिना निर्णय दिइएको अनुमतिका आधारमा नै रत्न राज्य स्कुलमा २२ जना विद्यार्थी भर्ना भएका थिए । हाललाई कोइरालालाई निलम्बनमा राख्दै यस विषयमा छानबिन गर्ने बालेको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?