७ कार्तिक २०८१, बुधबार

ताजा खबर

गायिका रचना रिमाल सवार गाडीलाई ट्रकले ठक्कर दियो

नागरिक पोष्ट

आईतवार, १४ माघ २०८०

4336 views

4336 views

गायिका रचना रिमाल सवार गाडीलाई ट्रकले ठक्कर दियो

काठमाडौं । गायिका रचना रिमाल सवार गाडी दुर्घटनामा परेको छ । आइतबार अपराह्न पौने ५ बजे पूर्वबाट पश्चिमतर्फ गइरहेको ट्रकले उनी सवार गाडीलाई ठक्कर दिएको थियो ।


नेपालगन्जबाट दाङको लमहीमा जाँदै गरेकी रिमाल सवार गाडी दुर्घटनामा परेको हो । लमहीमा आयोजना भएको महोत्सवमा जाँदै गर्दा बाँकेको सिक्टानजिकै बाप्र ०३।०१ ख र २११८ को नम्बरको ट्रकले गायिका रिमाल सवार ना१६च ८३४३ नम्बरको स्कार्पीयोलाई ठक्कर दिएको हो ।


गाडीमा रिमालसहित तीनजना सवार थिए । गाडीमा क्षति पुगे पनि आफूहरु सकुशल रहेको रिमालले जनाएकी छन् ।

‘आज नेपालगन्ज विमानस्थलबाट दाङ लमही महोत्सवमा जाँदै गर्दा हामी सवार गाडीलाई विपरित दिशाबाट आइरहेको ट्रकले ठक्कर दियो,’ उनले भनिन्, ‘गाडीमा केही क्षति पुगेको छ । यात्रुहरु हामी सबै सकुशल छौँ ।’

आज लमही महोत्सवमा हुने भनिएको आफ्नो साङ्गितिक प्रस्तुति भोलि रहने रिमालले जनाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?