७ कार्तिक २०८१, बुधबार

ताजा खबर

तेस्रो लगानी सम्मेलनको तयारी कहाँ पुग्यो ?

नागरिक पोष्ट

आईतवार, १४ माघ २०८०

5118 views

5118 views

तेस्रो लगानी सम्मेलनको तयारी कहाँ पुग्यो ?

काठमाडौं, १४ माघ । सरकारले आगामी वैशाख १६ र १७ गते गर्ने तेस्रो लगानी सम्मेलनको तयारी तीव्र पारेको छ । त्यसका लागि आयोजना छनोट र आवश्यक कानुन संशोधनको समेत तयारी सुरु भएको बताइएको छ ।

सम्मेलनका लागि लगानी बोर्डले निर्देशन, कार्यान्वयन र प्राविधिक गरी तीन वटा समिति बनाएको छ । यसअघि भएका दुईवटा सम्मेलनमा प्रतिबद्धता आए पनि पर्याप्त लगानी आएको थिएन । तर यसपटक लगानी नै आउने गरी सम्भावित आयोजनालाई शोकेसमा राखिने र लगानीका लागि बाधक देखिने कानुन संशोधन गराउन लगाउने तयारी बोर्डको छ ।

सम्मेलनमा करिब २ हजार लगानीकर्तालाई बोलाइने भएको छ । अर्थमन्त्री प्रकाशशरण महतले छिमेकीसहित अन्य देशबाट पनि लगानीका लागि चासो व्यक्त भैरहेको जनाएका छन । विभिन्न देशका लगानिकर्ताहरुले यसपटक सम्मेलनमा आउने र लगानी गर्ने बाचा गरिरहेको उनले जानकारी दिए ।

त्यसका लागि विदेशमा रहेका राजदूतावासमार्फत प्रचारप्रसार गर्न राजदूतहरूसँग छलफल सुरु भइसकेको छ । सम्मेलनमा करिब ८ करोड खर्च लाग्ने अनुमान बोर्डको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?