७ कार्तिक २०८१, बुधबार

ताजा खबर

धरहरा र काठमाडौँ टावरमा पार्किङ निःशुल्क

नागरिक पोष्ट

आईतवार, १४ माघ २०८०

6495 views

6495 views

धरहरा र काठमाडौँ टावरमा पार्किङ निःशुल्क

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले धरहरा क्षेत्रमा निःशुल्क पार्किङ दिने भएको छ ।

महानगरपालिकाले न्युरोड सडकमा सवारी पार्किङ निषेध गरेपछि सवारी चालकहरूलाई सहज पार्किङ स्थल उपलब्ध गराउने क्रममा आजदेखि धरहरासँगै निर्माण गरिएको भवनको पहिलो तलामा निःशुल्क पार्किङ सेवा दिन लागिएको छ ।


महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेका अनुसार धरहरा क्षेत्रका साथै पुरानो बसपार्क ९काठमाडौं टावर० क्षेत्रमा सर्वसाधारणका लागि निःशुल्क पार्किङको व्यवस्था मिलाएको छ  । उहाँकाअनुसार ५० हजार स्क्वायर फिट क्षेत्रफल निःशुल्क पार्किङका लागि उपलब्ध हुनेछ ।

न्युरोड क्षेत्रमा महानगरले पार्किङ निषेध गरेपछि विकल्पको रूपमा धरहरा र काठमाडौं टावरमा निःशुल्क पार्किङको ब्यवस्था मिलाइएको हो । सो पार्किङ क्षेत्रमा पार्किङ गरे बापत कुनै शुल्क लाग्ने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?