७ कार्तिक २०८१, बुधबार

ताजा खबर

मनकामना केवलकारका ग्राहकहरुले मेरिना इम्पेक्समा २५ प्रतिसत छुट पाउने

नागरिक पोष्ट

शुक्रबार, १२ माघ २०८०

5322 views

5322 views

मनकामना केवलकारका ग्राहकहरुले मेरिना इम्पेक्समा २५ प्रतिसत छुट पाउने

काठमाडौँ । मनकामना केवलकारका ग्राहकहरुले मेरिना इम्पेक्समा २५ प्रतिसत छुट पाउने भएका छन् । मनकामना दर्शन प्रा.ली र मेरिना इम्पेक्सबीच बिहिबार भएको सम्झौता अनुसार मेरिना इम्पेक्समा जुन जुकै कपडा खरिद तथा सिलाईमा २५ प्रतिसत छुट पाउने भएका हुन् ।

सम्झौतामा मनकामना दर्शन प्रालीका तर्फबाट यशु श्रेष्ठ र मेरिना इम्पेक्सको तर्फबाट रामप्रसाद अर्यालले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार मेaरिना इम्पेक्सका सेवामा छुट पाउनका लागि मनकामना केवलकारका ग्रहकहरुले मनकामना दर्शन प्रालीले उपलब्ध गराउने कुपन पेस गर्नु पर्नेछ ।
त्यसैगरि मेरिना इम्पेक्सका ग्राहकहरुले मनकामना केवुलकारको टिकट खरिद गर्दा १० प्रतिसत छुट पाउने भएका छन् । जसका लागि मेरिना इम्पेक्सले आफ्ना ग्राहकहरुलाई प्रत्येक बिलबराबर एउटा छुट कुपन उपलब्ध गराउने छ ।

उक्त कुपनका आधारमा मनकामना केवलकारले टिकटमा मेरिना इम्पेक्सका ग्राहकहरुलाई दश प्रतिसत छुट दिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?